प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समूहले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै
- माघ ९, २०७७
- 0
विभाजित नेकपाको दाहाल-नेपाल पक्षले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनमा रहेको समूहले शीर्ष नेता सहितको उपस्थितिमा जनप्रदर्शन गर्न लागेको हो ।
प्रदर्शनमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधबकुमार नेपाल समेत सहभागी हुनेछन् । उपत्यकाका दश ठाँउवाट जुलुस निकालेर रत्नपार्कवाट जुलुस तथा सभा हुने नेकपाले जनाएको छ ।
त्यसअघि माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र र बाल्मिकी क्याम्पसवाट स्थायी समिति सदस्यको नेतृत्वमा जुलुस निस्कने छ ।
रत्नपार्कबाट शुरु हुने मुख्य जुलुस बागबजार पुतलीसडक, भद्रकाली हुँदै रत्नपार्कमा पुगेर सभामा परिणत हुनेछ । सभामा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधि सभा विघटन पछि दाहाल नेपाल समूहले निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







