भारतद्धारा अनुदानमा प्राप्त कोरोनाविरुद्धको दश लाख ‘कोभिसिल्ड’ खोप काठमाडौ आइपुग्यो
- माघ ८, २०७७
- 0
नेपाललाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोना खोप आज काठमाडौ आइपुगेको छ ।
भारतबाट एयर इन्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको उक्त खोप नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेका हुन ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारतले उपलब्ध गराएको कोरोना बिरुद्धको खोप पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मी र सफाइकर्मीहरुलाई दिइने जानकारी बुधबार भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
नेपालको ७२ प्रतिशत जनसंख्यालाइ खोप दिने तयारी सरकारले गरेको छ ।सरकारले खोप आएको सातदिनमा खोप लागाउने व्यवस्था गरेको र खोपका लागि आवश्यक कानुनी ,आर्थिक र प्राविधिक तयारी पुरा भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







