बेलायतमा भेटिएको नयाँ कोरोना भाइरस ६० देश पुग्यो
- माघ ७, २०७७
- 0
बेलायतमा भेटिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
स्वास्थ्य संगठनका अनुसार सो भाइरस पछिल्लो एक हप्ताको अवधिमा मात्र विश्वका १० वटा देशमा फैलिएको छ । महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको पनि स्वास्थ्य संगठनले जनाएको छ ।
विश्वमा कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । तर नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन । तर गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमितहरु थपिएका स्वास्थ्य संगठनको तथ्याङ्क छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







