देशभर थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन ३८३ संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ६८ हजार ३१० पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ३८३ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ६२ हजार ६४२ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने १९७५ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया