किवानिस अरुण भ्याल्लीले दियो संखुवासभाका विद्यार्थीलाई शैक्षिक सामाग्री

news-details

किवानिस क्लव अफ अरुण भ्याल्लीले संखुवासभा जिल्लाका विद्यार्थीलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गरेको छ ।

अरुण भ्याल्ली क्लवले मनराम प्रतिष्ठानसँगको सहकार्यमा श्री मनकामना रत्न अम्बिका माध्यमिक विद्यालय तुम्लिङ्गटारका ७५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

विद्यालयमा भौतिकरुपमा विद्यार्थी उपस्थित भएर हस्तान्तरण कार्यक्रम गरिएको थियो भने औपचारिक कार्यक्रम भर्चुअल माध्यमबाट गरिएको थियो ।

क्लबले प्रत्येक विद्यार्थीलाई एउटा ब्याग, एउटा स्वीटर, एक दर्जन कपी, पेन्सिल, कलर तथा जोमिट्रिबक्स प्रदान गरेको क्लवका अध्यक्ष हेमन्त गौतमले जानकारी दिए ।

विद्यालयका गरिव तथा विपन्न परिवारका ७५ विद्यार्थी छनौट गरेर प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक कुबेर भेटवालले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र घिमिरे र प्रधानाध्यपक भेटवालले विद्यार्थीलाई सामाग्री प्रदान गरेका थिए ।

देशभर शिक्षाको क्षेत्रमा सहयोग प्रदान गरिरहेको मनराम प्रतिष्ठानले पुस्ताकालय स्थापनामा सहयोग गरिसकेको जानकारी दिदै प्रतिष्ठानका सदस्यसचिव रामप्रसाद घिमिरेले किवानिस क्लवसँगको सहकार्य आगामी दिनमा अझ बढाउँदै लैजाने जानकारी दिए ।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा किवानिस इन्टरनेनशल नेपाल डिष्ट्रिकका संस्थापक अध्यक्ष तथा मनराम प्रतिष्ठानका अध्यक्ष सुजन श्रेष्ठले किवानिस क्लवले बालबालिकाको क्षेत्रमा काम गर्ने भएकाले अरुण भ्याल्लीको विद्यार्थीलाई शैक्षिक सामाग्री वितरणले विद्यार्थीको शैक्षिक स्तरमा विकास हुन सकोस् भन्दै शुभकामना दिए । उनले भने–‘ सवैभन्दा पहिला विद्यालयमा शैक्षिक वातावरण हुनुपर्छ त्यसका लागि विद्यालयले वातावरण बनाउनुपर्छ अन्य सहयोग जुट्दै जानेछ ।’

कार्यक्रममा अमेरिकामा रहनुभएकी मनराम प्रतिष्ठानकी संरक्षक मनमाया श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

एक बर्ष अगाडि स्थापना भएको किवानिस क्लव अफ अरुण भ्याल्लीले आगामी दिनमा बालबालिकाको क्षेत्रमा काम गर्दै जाने जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया