काठमाडौं उपत्यकाका विद्यालय आजबाट खुल्ने, अनिवार्य मास्क लगाउन निर्देशन
- माघ ४, २०७७
- 0
कोरोना महामारीका कारण १० महिनादेखि बन्द रहेका काठमाडौं उपत्यका विद्यालय आइतबार (आज)देखि खुल्दै छन् । स्थानीय तहले विद्यालय खोल्न अनुमति दिएपछि उपत्यकाका सबैजसो विद्यालय खुल्न लागेका हुन् ।
केही विद्यालयले असारबाटै अनलाइन कक्षा सुरु गरेका थिए भने केहीले असोजबाटै भौतिक रुपमै पठनपाठन सुरु गरिसकेका छन् । संक्रमणको जोखिम कायमै रहेकाले सुरक्षा मापदण्ड अपनाएरै पठनपाठन गर्ने विद्यालयहरुले जनाएका छन् । केही विद्यालयले २ सिफ्टमा वा आलोपालो पढाउने तयारी समेत गरेका छन् ।
उपत्यका बाहिरका भने प्रायः सबै विद्यालय यसअघिनै नै सञ्चालनमा आइसकेका छन् । उपत्यकाका स्थानीय तहले शिक्षक र विद्यार्थीलाई अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएका छन् । कोरोना संक्रमणको जोखिम बढेपछि गत वर्ष चैतको पहिलो सातादेखि देशभरका विद्यालय बन्द भएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







