दक्षिण एसियाली देशसँगै नेपालमा पनि निःशुल्क खोप : स्वास्थ्य मन्त्री

news-details

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण एसियाली देशहरु सँगसँगै निःशुल्क खोप लगाउने व्यवस्था गरिएको जानकारी गराएको छ ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले सम्पूर्ण सम्भावना खुल्ला गर्दै दक्षिण एसियाली देशहरु सँगसँगै नेपाली जनताले पनि निःशुल्क खोप लगाउने व्यवस्था गरिएको बताउनुभयो ।

मन्त्री त्रिपाठीले विभिन्न देशमा कुटनीतिक पहल मार्फत सरकार र सरकारकावीच समझदारीमा खोप ल्याउने पहल भइरहेको जानकारी गराउनुहुँदै खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने पनि स्पष्ट पार्नु भयो ।

पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले खोप भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माणको काम सकिएको र नेपाल खोप आएको हप्तादिनमा खोप लगाउने व्यवस्था मिलाइएको जानकारी समेत दिनुभयो ।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सरकारले खोपको पूर्व तयारी, नीतिगत सुधार, १ करोड ७० लाख डोज खोपभण्डारणको लागि पूर्वाधार निर्माणको काम सकिएको र खोपका लागि आवश्यक रकमको समेत व्यवस्था भइसकेको जानकारी दिनुभयो ।

मन्त्रालयले कोभिड १९ को संक्रमण दर घटे पनि जोखिम नघटेकोले मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न सबैमा आग्रह गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया