आज राष्ट्रियसभाको बैठक बस्दै
- पुस २३, २०७७
- 0
राष्ट्रियसभाको बैठक आज बस्दैछ । हिउँदे अधिवेशनको दोस्रो बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची छ। साथै बैठकमा राष्ट्रियसभाका अध्यक्षले विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन्।
थप कार्यसूची विहान साढे ११ बजे बस्ने कार्यव्यवस्था समितिको बैठकले तय गर्ने राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए। उनकाअनुसार आज विशेष समयमा राष्ट्रियसभा सदस्यले आफ्नो धारणा पनि राख्नेछन्।
प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रियसभामा खासै एजेण्डा नहुने भएकाले अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ। सचिव फुयाँलले भने आजै अधिवेशन अन्त्य नहुने बताए। वर्षे अधिवेशन अन्त्य भएको ६ महिनापछि गत पुस १७ गते राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु भएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







