नेपाली कांग्रेसद्वारा विरोधका कार्यक्रम घोषणा, वडातहसम्मै विरोध प्रर्दशन गर्ने

news-details

नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन, कोभिड १९ लगायतका विषयमा जनतालाई जानकारी गराउन विरोध कार्यक्रम सार्वजनिक गरेको छ ।

केन्द्रीय समितिको आइतबार बसेको बैठकले पुस २५ गतेदेखि विरोध कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो । पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन र सभा गर्ने, माघ ३ गते ७५३ वटा पालिकाहरुमा र माघ ८ गते ६७४३ वटा वडाहरुमा प्रदर्शन गर्ने कांग्रेसले निर्णय गरेको छ ।

कांग्रेसले संसद विघटनविरुद्ध विगतमा पनि आन्दोलन गरिरहेकाले भ्रममा नपर्न अपिल गरेको छ ।

यसैगरी माघ मसान्तभित्र क्रियाशील सदस्यताको नविकरण कार्य गर्न निर्देशन दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया