कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै, संसद विघटनपछिको परिस्थितीबारे छलफल हुने
- पुस १९, २०७७
- 0
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछिको परिस्थितीबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।
आजको बैठक यसअघिकै केन्द्रीय समिति बैठकको निरन्तरता हुने कांग्रेस नेताहरुले बताएका छन् । कांग्रेसले प्रतिनिधिसभा विघटनबिरुद्ध देशव्यापी प्रदर्शन र एकता दिवस मनाउन केही दिन बैठक स्थगित गरेको थियो ।
कांग्रेसमा सभापति शेरबहादुर देउवा पक्ष बिघटनपछि सर्वोच्च अदालतको आदेश कुर्ने र आन्दोलन नगर्ने पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने संबिधान मिचिएकाले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आक्रामक रुपमा सडक आन्दोलनमा जानुपर्ने माग गर्दै आएको छ । कांग्रेसले विघटन असंवैधानिक भनेपनि कडा आन्दोलन थालेको छैन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







