राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै राप्रपाको प्रदर्शन तथा सभा
- पुस १७, २०७७
- 0
राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन तथा सभा गरेको छ । राजधानीका विभिन्न स्थानबाट ¥याली निकालेर राप्रपाले रत्नपार्कमा सभा गरेको हो ।
सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापित गर्न माग गरे । त्यसो हुन नसके जनताले सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनले चेतावनी दिए । उनले हिजो कठिन घडीमा राप्रपाले बोकेर हिडेको मुद्दा अब आम नेपालीको एजेण्डा बनिसकेको दाबी पनि गरे ।
अध्यक्षद्वय डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले देशी विदेशी शक्तिको चलखेल बढेको भन्दै राजसंस्थाले मुलुकको अभिभावक लिने समय आएको बताए ।
सभाअघि काठमाडौंका विभिन्न स्थानबाट जुलुश निस्किएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







