सर्वोच्चद्धारा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा कारण देखाउ आदेश

news-details

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । मुद्दा उपर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो ।

संवधानिक इजलाशले संसद् विघटनसम्बन्धी मन्त्रिपरिषद्बाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्ने आदेश दिएको हो । आवश्यक कागजात ५ दिनभित्र अदालतमा पेश गर्न माग अधिवक्ताहरुले गरेका छन् । यस्तै यो विवादको निरुपणका लागि सर्वोच्च बारबाट अदालतको सहयोगी (एमिकस क्यूरी) झिकाउने पनि निर्णय भएको छ ।

५ सदस्यीय गठित इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी थिए ।

सर्बोच्च अदालतमा परेका रिटहरुको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै एकल इजलासले यसअघि सबै रिटलाई संवैधानिक इजलासमा सुनुवाइ गर्ने निर्णय सुनाएको थियो ।

संवैधानिक इजलासमा दर्ता भइसकेको १ सहित १३ वटै रिटहरुको बहस इजलासमा हुने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया