दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै
- पुस १०, २०७७
- 0
नेकपाको दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आजबाट आन्दोलन शुरु गर्दैछ । सबै केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्यहरुको उपस्थितीमा माइतिघर मण्डलबाट प्रदर्शन गर्न लागिएको हो ।
विहान नौ बजेपछि माइतीघर मण्डलामा भेला हुने पूर्व निर्धारित कार्यक्रम रहेको छ । आधिकारिक नेकपा आफु भएको दावी सहित सो समूह आजै निर्वाचन आयोग समेत जाँदैछ ।
आजै दाहाल नेपाल समूहले अध्यक्षद्वय पुष्पकमल दाहाल र माधब नेपालका तर्फबाट संयुक्त पत्रकार सम्मेलन समेत आयोजना गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्न दाहाल नेपाल समूहले नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५०१ सदस्यीय प्रतिगमनविरुद्ध संघर्ष समिति गठन गरेको छ । हिजोको केन्द्रीय समिति बैठकले पुस महिलाभरका लागि आन्दोलन कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







