प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने स्थायी कमिटीको निर्णय

news-details

भर्खरै सकिएको नेकपा स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।

भर्खरै सकिएको धुमबाराहीमा बसेको अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालक्षीय बैठकले अध्यक्षसमेत रहेका ओलीलाई कारबाही गर्ने निर्णय गरेको हो । अनुशासनको कारबाही कस्तो हुने र के हुने भन्नेबारे भने खुलाइएको छैन ।

यता आज प्रधानमन्त्री ओली सुरक्षा निकायका प्रमुखसँगको बैठकमा छन् । उनले उक्त बैठकमा सुरक्षा निकायका प्रमुखलाई देशको पछिल्लो राजनीतिक अवस्था र त्यसले निम्त्याउने परिस्थितिको सामना गर्न निर्देशन दिएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आज संसद विघटन गरेपछि उनीविरुद्ध एक हुन आजै नेकपा मुख्यालयमा स्थायी कमिटी बसेको थियो । त्यस्तै केन्द्रीय कमिटी बैठक पर्सि ७ गते बोलाइएको छ। उक्त बैठकमा यो प्रस्ताव लगिने एक स्थायी कमिटी सदस्यले जनाए ।

स्थायी कमिटी बैठकमा ओलीपक्षीय नेताहरु भने उपस्थित भएका थिएनन् । आजै ७ जना मन्त्रीले पत्रकार सम्मलेन गरेर सामूहिक राजीनामा दिएका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया