देशभर थप ७८२ मा कोरोना पुष्टि, एकैदिन १०२९ संक्रमणमुक्त हुदा १६ को निधन

news-details

पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा  २८७  सहित देशभर थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।

उपत्यकाको काठमाडौंमा २०२, भक्तपुरमा ९ र ललितपुरमा ७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो चौबीस घण्टामा १०२९ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ४१ हजार ३९२ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा १६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७६५ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया