लक्षण नदेखिएका कोरोना सङ्क्रमित १० दिन मात्र आइसोलेसनमा बसे हुने

नेपाल प्रवेश गर्नेले अनिवार्य दश दिन क्वारेनटिनमा बस्नु पर्ने
news-details

अबदेखि कोरोना सङ्क्रमित भएमा र लक्षण नदेखिएमा १० दिन मात्र आइसोलेसनमा बसे पुग्न भएको छ । लक्षण नदेखिएका सङ्क्रमितबाट १० दिन पछि कोरोना नसर्ने भएकाले १४ दिनको सट्टा आइसोलेसन अवधि १० दिनमा झारिएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब देखि कोरोना पोजेटिभको रिपोर्ट आएको मितिले दश दिन मात्र आईसोलेसनमा बस्नु पर्ने निर्णय गरेको छ । लक्षण नभएका र गम्भीर अवस्थाका कोरोना सङ्क्रमितहरु दश दिन मात्र आईसोलेसनमा बस्नु पर्ने चिकित्सकहरुको सल्लाह बमोजिक निर्णय गरिएको सह प्रवक्ता समीर अधिकारीले बताए । तर लक्षण भएका र गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितहरु सन्चो भएपछि मात्र बाहिर निसक्न मिल्ने उनले जानकारी दिए ।

यस्तै अन्तराष्ट्रिय सीमा नाका तथा हवाई उडान सुचारु भएसँगै मन्त्रालयले नेपाल प्रवेश गर्नेले अनिवार्य दश दिन क्वारेनटिनमा बस्नु पर्ने निर्णय पनि गरेको छ । साथै संक्रमितको सम्पर्कमा आएका व्यक्ति पनि अनिवार्य १० दिन क्वारेनटसनमा बस्नु पर्ने छ ।

साथै मन्त्रालयले कोही व्यक्ति सङ्क्रमित भएमा अनिवार्य १० दिन आइसोलेसनमा बस्ने र बसाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया