शुक्रबारदेखि काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको ‘जोर बिजोर’ प्रणाली हटदै
- पुस २, २०७७
- 0
काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली शुक्रबारदेखि हट्ने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले यातायातका साधन संचालनमा लागू गरिएको जोर विजोर प्रणाली शुक्रबार विहानबाट लागू हुनेगरी हटाउने निर्णय गरेको हो ।
प्रशासन, सुरक्षा निकाय, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच बिहीबार भएको छलफलपछि जिल्ला प्रशासन जोर विजोर प्रणाली हटाउने निर्णयमा पुगेको हो ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै प्रशासनले लामो समयदेखि यातायातका साधन संचालनमा जोर विजोर प्रणाली लागू गर्दै आएको छ ।
यातायात व्यावसायी र मजदुरहरुले जोर विजोर प्रणाली हटाउन माग गर्दै आएका थिए भने उनीहरुले शुक्रबारदेखि सरकारी बन्देज उल्लंघन गर्ने निर्णय गरेका थिए ।
असोज १ देखि काठमाडौं जिल्लाभरि सवारी साधन जोरबिजोर प्रणाली लागू गरिएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








