उपत्यकामा ३६३ सहित देशभर थप ७७६ मा कोरोना पुष्टि, एकैदिन ९४७ संक्रमणमुक्त हुदा ६ को निधन

news-details

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६३ सहित देशभर थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।

उपत्यकाको काठमाडौंमा २७३, भक्तपुरमा ४० र ललितपुरमा ४५ जना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो चौबीस घण्टामा ९४७ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ४० हजार ३६३ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा ६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७४९ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया