मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

news-details

मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

मन्त्रिपरिषदको बैठक प्रायः साताको सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक मंगलबार बोलाइएको हो । आजको बैठकले केही महत्वपूर्ण नियुक्ति गर्ने बुझिएको छ ।

संवैधानिक परिषद् बैठक लगत्तै मन्त्रिपरिषद् बोलाएर संवैधानिक आयोगहरुमा नियुक्ति अघि बढाउने प्रधानमन्त्रीको उद्देश्य भए पनि मंगलबार (आज) बिहानको संवैधानिक परिषद् बैठकमा गणपुरक संख्या नपुगेर स्थगित भएको छ ।

यद्यपि, आजै साँझ ५ बजे उक्त बैठक पनि बस्ने भएको छ । मंगलबार बिहानको बैठकमा परिषद् सदस्य रहेका सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक बस्न नसकेको हो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया