उपत्यकामा ५०७ सहित देशभर थप १०५६ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन १४८३ संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा देशभर थप १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

उपत्यकाको काठमाडौमा ३९३, भक्तपुरमा ३९ र ललितपुरमा ७५ जना संक्रमित भेटिएका हुन ।

यस्तै पछिल्लो चौबीस घण्टामा १४८३ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ३० हजार ५३७ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा १४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १६५१ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया