कतार सरकारद्वारा नेपाल सरकारलाई तीन वटा मर्सिडिज कार उपहार प्रदान

news-details

कतार सरकारले नेपाल सरकारलाई तीन वटा मर्सिडिज कार उपहार स्वरूप प्रदान गरेको छ ।

परराष्ट्र मन्त्रालयको प्राङ्गणमा बुधबार आयोजित हस्तान्तरण कार्यक्रममा नेपालका लागि कतारी राजदुत युसुफ विन मोहम्मद अल हैलले कतार सरकारकातर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई सांचो सहित मर्सिडिज कार हस्तान्तरण गर्नुभयो ।

उपहार ग्रहण गर्दै परराष्ट्र सचिव पौड्यालले कतार सरकारलाई धेरै धन्यवाद दिनुभयो । उहाले भन्नुभयो ‘कार उपहार प्राप्त भएकोमा मात्र होइन, कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोगको लागि सम्पुर्ण नेपालीको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया