मोरङमा विप्लव समूहद्धारा शिक्षकको गोली हानी हत्या
- मंसिर २३, २०७७
- 0
मोरङमा शिक्षकको गोली हानी हत्या गरिएको छ । मंगलबार बिहान मोरङ मिक्लाजुङमा ५४ वर्षियाा शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ ।
५४ वर्षीय शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिएका छन ।
मृतकका भतिज महेश श्रेष्ठले काका राजेन्द्रको हत्या भएको जानकारी प्रहरीलाई गराएका थिए । श्रेष्ठको मंगलबार बिहान करिब ७ बजे घरबाट केही टाढा रहेको जंगलमा हत्या भएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







