फाइजरले निर्माण गरेको खोपको पहिलो लट बेलायत पुग्यो
- मंसिर १९, २०७७
- 0
कोरोना भाइरस विरुद्ध बेलायतले आगामी हप्ताबाट लगाउने भनिएको फाइजर बायोएनटेकले निर्माण गरेको खोपको पहिलो लट बेलायत पुगेको छ । सो खोप कहाँ राखिएको छ भन्ने कुरा गोप्य राखिएको छ ।
खोपलाई बेलायतभरका अस्पताल तथा खोप केन्द्रहरुमा वितरण गरिने जनाइएको छ । बेलायतले ४ करोड डोज खोप खरिद गरिसकेको छ । जुन बेलायतका दुई करोड जनसंख्याका लागि पर्याप्त हुने देखिन्छ ।
बेलायतका उप प्रमुख मेडिकल अधिकृतले पहिलो चरणको खोपले अस्पताल भर्ना हुने संक्रमित र मृत्यु हुने दर ९९ प्रतिशतले कमी आउने बताउनु भएको छ । खोपलाई जतिसक्दो छिटो वितरण गरी वृहत् रुपमा खोप कार्यक्रम संचालन गर्ने बेलायत सरकारको तयारी छ ।
पहिलो चरणमा पुगेको खोप स्वास्थ्यकर्मी, अस्पताल भर्ना भएका संक्रमित, ८० वर्ष नाघेका सबै वृद्धवृद्धा र उनीहरुको स्याहर सुसार गर्नेलाई पहिलो प्राथमिकतामा परेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







