देशभर थप १३०४ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २०७३ संक्रमणमुक्त हुदा २१ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा देशभर थप १३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा २०७३ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख १६ हजार ५९४ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा २१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १५२९ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया