चिलसँग ठोकिएपछि कैलाश एयरको हेलिकोप्टर नुवाकोटमा आपतकालीन अवतरण
- मंसिर १४, २०७७
- 0
बागलुङको गलकोटबाट काठमाडौंका लागि उडेको कैलाश हेलिकोप्टर सर्भिसेजको नाइन एनए जेजे हेलिकोप्टर चिल;Fu ठोक्किएर दुर्घटनामा परेपछि नुवाकोटमा सुरक्षित अवतरण गरिएको छ छ ।
आकाशमा उडिरहेको हेलिकोप्टरमा एक्कासि चिल आएर ठोक्किएपछि अगाडिको सिसा पूर्ण रुपमा फुटेको थियो ।
गलकोट नगरपालिका– ३ का वडा अध्यक्ष विरजङ्ग भण्डारी, सोही ठाउँका सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गीता मल्ल सवार हेलिकोप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाउँपालिका– ६ मा आकस्मिक अवतरण गरिएको थियो ।
वडा अध्यक्ष भण्डारीले उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि पाइलटले सुरक्षित अवतरण गराएकाले आफूहरु सुरक्षित रहेको बताउनुभयो । ‘हेलिकोप्टरमा एक्कसि चिल ठोक्कियो, पाइलटले सुरक्षित रुपमा फोर्स ल्याण्डिङ गर्नुभयो, आफ्नो हात र खुट्टामा सामान्य चोट लागे पनि सबै सुरक्षित छौं’ भण्डारीले भन्नु्भयो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







