काठमाडौ उपत्यकाका ८३५ सहित देशभर थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन ३१४० जना संक्रमणमुक्त हुदा २८ को मृत्यु
news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ८३५ सहित देशभर थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

उपत्यकाको काठमाडौंमा ६३५, भक्तपुरमा ८७ र ललितपुरमा ११३ जना संक्रमित भेटिएका हुन ।

यस्तै पछिल्लो चौबीस घण्टामा ३१४० जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७ हजार ९९८ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा २८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १३८९ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया