उपत्यकामा ९५७ सहित देशभर थप १६६९ जनामा कोरोना पुष्टि, एकैदिन ५६९९ जना सङ्क्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ९५७ सहित देशभर थप १६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

उपत्यकाको काठमाडौंका ७७३ जना, ललितपुरका १३१ र भक्तपुरका ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो चौबीस घण्टामा ५६९९ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या १ लाख ९९ हजार २४ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा १६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १३२१ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया