वरिष्ठ शल्यचिकित्सक डा मुडभरीको कोरोनाबाट निधन
- मंसिर ७, २०७७
- 0
वरिष्ठ चिकित्सक डा ध्रुव मुडभरीको कोभिड-१९ सङ्क्रमणबाट निधन भएको छ । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहनुभएका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो ।
त्यहाँ उपचारका क्रममा हिजो उहाँको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिनुभयो । राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पुर्याउनुभएका डा मुडभरी ॐ अस्पतालका संस्थापक हुनुहुन्थ्यो ।
उहाँका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । स्व मुडभरीको हिजै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







