परीक्षण कम भएसँगै संक्रमित घटे, उपत्यकामा ३३९ सहित देशभर थप ५०२ जनामा कोरोना पुष्टि
- मंसिर २, २०७७
- 0
तिहारका कारण पीसीआर परीक्षण गराउनेको संख्यामा कमी आएसँगै संक्रमितको संख्या ५ सय २ जनामा सीमित भएको छ ।
गत २४ घण्टामा ३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गराउँदा जम्मा ५ सय २ जनामा संक्रमण भेटिएको छ । उपत्यकाको काठमाडौंमा २८९, भक्तपुर १२ र ललितपुरमा ३८ जना संक्रमित भेटिएका हुन ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८ सय ७८ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेका छन् ।
यस्तै २४ घण्टामा कोरोनाबाट १७ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२४७ पुगेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







