मोडेर्नाले विकास गरेको कोरोना खोपले ९५ प्रतिशत काम गरेको दाबी
- मंसिर २, २०७७
- 0
अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोप कोरोना भाइरस विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ । यो सफलतासँगै खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको छ ।
यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले पनि आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेको थियो । रुसले विकास गरेको कोरोना खोप ‘स्पुतनिक भी’ पनि कोरोना भाइरसविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरिएको थियो ।
मोडेर्नाले आफ्नो कोरोना खोपको परीक्षणका नतिजा सार्वजनिक गर्न पाउनु निकै ठूलो खुसीको दिन भएको बताएको छ । साथै अबको केही सातामै खोपको अनुमोदनका लागि आवेदन दिने जनाएको छ । मोडेर्नाले खोपको तेस्रो चरणको परीक्षणको क्रममा ३० हजार मानिसहरुमा परीक्षण गरेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







