कलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज
- कार्तिक ३०, २०७७
- 0
कोरोना भाइरसबाट संक्रमित भएका कलाकार मनोज गजुरेल डिस्चार्ज भएर घर फर्किएका छन् । एघार दिनको अस्पताल बसाइपछि आफू अहिले घर फर्किएर आराम गरिरहेको गजुरेलले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका हुन् ।
केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किने पनि उनले उल्लेख गरेका छन् । उनले आफ्ना प्रशंसक तथा शुभेच्छुकप्रति हार्दिक आधार तथा धन्यवाद व्यक्त गरेका छन् ।
कोरोना संक्रमणपछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो । गजुरेलमा कार्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







