काठमाडौं उपत्यकामा देउसी-भैलो खेल्न नपाइने

news-details

काठमाडौं उपत्यकाका तीनवटै प्रशासनले तिहारमा देउसी–भैलो खेल्न र सांस्कृतिक कार्यक्रम आयोजना गर्न रोक लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले कोरोना संक्रमणको उच्च जोखिम औँल्याउँदै तिहार, छठ तथा नेपाल संवत्लगायत चाडपर्व मनाउने क्रममा कुनै पनि सांस्कृतिक कार्यक्रम आयोजना गर्न निषेध गरेका हुन् ।

प्रशासन कार्यालयले चाडपर्व मनाउदा अनावश्यक रूपमा जमघट नहुन, देउसी–भैलो लगायत समूहमा गरिने मनोरञ्जनात्मक क्रियाकलापका साथै समुदायमा अशान्ति फैलाउने किसिमका आतिसबाजी र पटका पड्काउने कार्य नगर्न पनि अपिल गरेका छन् ।

आदेशमा कानूनले वर्जित गरेका तथा नगर्न, नगराउन भनी निर्देशन दिएका क्रियाकलापहरू भए गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने उल्लेख गरिएको छ ।

प्रशासनका आदेशविपरीत कार्यक्रम सञ्चालन गरिए स्थानीय प्रशासन ऐन र संक्रामक रोक ऐन न्तर्गत कारबाही गरिने बताइएको छ । देशका अधिकांश जिल्ला प्रशासन कार्यालयले पनि कोरोना संक्रमण फैलनसक्ने भन्दै देउसी भैलोमा रोक लगाएका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया