उपत्यकामा १२६१ सहित देशभर थप २५६९ मा कोरोना पुष्टि, संक्रमितको कूल संख्या २ लाख नाध्यो

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १२६१ सहित देशभर थप २५६९ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।

उपत्यकाको काठमाडौंमा ९७६, भक्तपुरमा ८१ र ललितपुरमा २०४ जना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया