दाङको देउखुरीमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु

news-details

दाङको देउखुरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका– ४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मंगलबार राति भएको दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया