प्रधानमन्त्री ओली आज संखुवासभा जाँदै
- कार्तिक २६, २०७७
- 0
प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभा जाँदै छन् । ओली अरुण तेश्रो जलविद्युत परियोजना, किमाथांका नाका र उत्तर दक्षिण कोशी राजमार्ग अवलोकनका लागि प्रधानमन्त्री संखुवासभा जान लागेका हुन् ।
हेलिकप्टरमार्फत चीनसँग सिमाना जोडिएको उत्तरी क्षेत्रको किमाथांका जान लागेका प्रधानमन्त्रीले भोटखोला गाउँपालिका १ मा पर्ने किमाथांकाका साथै सीमा सुरक्षा पोस्टको अवलोकन गर्नेछन् ।
त्यस्तै प्रधानमन्त्री ओलीले निर्माणधीन भवन, भन्सार कार्यालय र सुक्खा बन्दरगाहलगायत अवलोकन गर्ने कार्यक्रम रहेको छ । उनले आजै बहुचर्चित ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पनि अनुगमन गर्नेछन् । त्यस्तै प्रधानमन्त्री ओली उत्तर दक्षिण कोशी राजमार्गको अनुगमन गर्न च्याम्ताङ जाने कार्यक्रम पनि रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







