राष्ट्रसंघीय सिड कमिटी सदस्यमा बन्दना राणा पुनः निर्वाचित

news-details

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यमा नेपाली बन्दना राणा पुनः निर्वाचित भएकी छिन् ।

उनी दोस्रो कार्यकालका लागि सिडको सदस्यमा निर्वाचित भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

न्यूयोर्कमा सोमबार भएको समितिको २१औँ बैठक अन्तर्गत भएको निर्वाचनमा १३७ देशको मत पाएर राणा पुनः निर्वाचित भएकी हुन् । १९ उम्मेदवारमध्ये सर्वाधिक मत पाउनेको सूचीमा समेत राणा तेस्रो स्थान छिन् ।

मानव अधिकार तथा महिला अधिकारको पक्षमा काम गर्दै आएकी बन्दना राणा हाल सिड कमिटीकी उपाध्यक्ष पनि हुन् । सिड कमिटीमा रहेर काम गर्ने उनी पहिलो नेपाली समेत हुन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया