काठमाडौं उपत्यकामा १४२८ सहित देशभर थप २५७१ मा कोरोना पुष्टि, एकैदिन १७९८ संक्रमणमुक्त
- कार्तिक २४, २०७७
- 0
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १४२८ सहित देशभर थप २५७१ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।
उपत्यकाको काठमाडौंमा ११३६, भक्तपुरमा ९१ र ललितपुरमा २०१ जना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७९८ जना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११२६ पुगेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







