२४ घण्टामा थप ३३ सय ९ जनामा कोरोना संक्रमण‚ १ लाख ८२ हजार ९ सय २३ पुगे संक्रमित

news-details

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३०९ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल देशभर ३६ हजार ९११ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १४ लाख ९४ हजार १२२ जनाको पिसिआर परीक्षण भएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया