प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता केसीको निधन
- कार्तिक १८, २०७७
- 0
तारा चापागाई /पोखराका प्रतिष्ठित व्यापारी तथा प्रतिनिधिसभा सदस्यसूर्यबहादुर केसीको सोमबार राति निधन भएको छ । उहाँको राति आफ्नै निवासमा निधन भएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका उहाँ लामो समयदेखि मधुमेह र उच्च रक्तचापका बिरामी हुनुहुन्थियो । लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध उहाँ तीन वर्षअघि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको थियो ।
केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्च हुनुहुन्थियो । केसी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बन्नु भएको थियो ।
रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक उहाँको जलविद्युत क्षेत्रमा समेत ठूलो लगानी छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







