काठमाडौ उपत्यकामा १६२२ सहित देशभर थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन ३६२० जना संक्रमणमुक्त हुदा २३ को मृत्यु
news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १६२२ सहित देशभर थप २८२४ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्उा मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६२० जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १३४८४२ पुगेको छ ।

पयस्तै पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया