प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था ‘र’ का प्रमुखबीच भेटवार्ता

news-details

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘र’ का प्रमुख सामन्तकुमार गोयलबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीसँग गोयलको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुका भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध खलबलिन नदिने विषयमा छलफल भएको थियो ।

सोहीअनुसार दुई देशबीच आइपर्ने समस्याको दुई पक्षीय वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा समेत छलफल भएको प्रेस सल्लाहकार थापाले जानकारी दिए ।

गोयलको नेपाल बसाईका क्रममा को को नेतासँग छलफल भएको हो भन्ने गोप्य राखिएको छ । गोयलसहित भारतीय प्रतिनिधिहरु विहिबार दिल्ली प्रस्थान गरेको बताइन्छ । यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुको गोयलसँग भेट नभएको प्रष्ट पारेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया