प्रधानमन्त्री र सबै मन्त्रीको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय
- कार्तिक ३, २०७७
- 0
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको दसैं भत्ता वापतको रकम कोरोना कोरोना जम्मा गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन ।
सोमबार भएको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का सबै सदस्यहरुले दसैं भत्ता वापतको रकम कोरोना कोषमा कोरोना रोकथाम तथा उपचारमा सघाउने गरी जम्मा गर्ने निर्णय भएको र सोही अनुसार प्रदेश सरकारका मन्त्रीहरुलाई पनि कोषमा जम्मा गर्न आग्रह गर्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।
यसअघि नेपाली कांग्रेसका सांसदहरुले आफुले पाउने भत्ता बापतको ४३ लाख २० हजार ८ सय १० रुपयाँ संसद सचिवालयमार्फत सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेपछि नेकपाका सांसदहरुले पनि रकम फिर्ताको निर्णय गरेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







