काठमाडौ उपत्यकामा २४०२ सहित देशभर थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि
एकैदिन ३५२२ संक्रमणमुक्त हुदा २१ को मृत्यु, मृतकको संख्या ७१५ पुग्यो
- अशोज ३०, २०७७
- 0
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २४०२ सहित देशभर थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख २६ हजार १३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौका १७८४, भक्तपुरका २४४ र ललितपुरका ३७४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज ३५२२ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ८८ हजार ४० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पल्लिो २४ घण्टामा कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







