विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो
- अशोज ३०, २०७७
- 0
कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । शुक्रबार विहानसम्म ११ लाख २ सय ९ सय भन्दा बढीको कोरोनाका कारण ज्यान गएको हो ।
संक्रमणबाट हालसम्म सबैभन्दा बढी अमेरिकामा २ लाख २२ हजार ७ सय को मृत्यु भएको छ । ब्राजिलमा १ लाख ५२ हजार ५ सय र भारतमा भारतमा १ लाख १२ हजार भन्दा बढीको मृत्यु भएको छ । मेक्सिकोमा ८५ हजारले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
बिहीबार मात्रै विश्वभर कोरोना संक्रमणबाट ६ हजार एक सय जनाको कोरोनाका कारण मृत्यु भएको छ । हिजो एकै दिन अमेरिकामा ८ सय ६९ जना, भारतमा ८ सय ३३ र ब्राजिलमा ७ सय ३४ जनाको मृत्यु भएको हो ।
हालसम्म विश्वभर कोरोना संक्रमितको कुल संख्या ३ करोड ९१ लाख ६९ हजार पुगेको छ । तिमध्ये जसमध्ये २ करोड ९३ लाख ७० हजार संक्रमणमुक्त भएका छन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







