साउथवेस्टन स्कुलका प्रिन्सिपल अधिकारीलाई ‘बेस्ट प्रिन्सिपल २०२०’अवार्ड

news-details

काठमाडौंको बसुन्धारास्थित साउथवेस्टन स्कुलले अन्तर्राष्ट्रियस्तरको स्कुल अवार्ड जित्न सफल भएको छ । साउथवेस्टन स्कुलका प्रिन्सिपल रमेश अधिकारीले ‘ग्लोबल स्कुल अवार्ड’ अन्तर्गत ‘बेस्ट प्रिन्सिपल २०२०’ अवार्ड प्राप्त गरेका हुन् ।

‘ग्लोबल स्कुल अवार्ड’ र ‘इडु नेसन टिभी’द्वारा १२ अक्टोबर २०२० मा आयोजित एसियाको पहिलो भर्चुअल सभामा विभिन्न ५० भन्दा बढी विधामा अवार्ड घोषणाको क्रममा उक्त अवार्ड पनि घोषणा गरिएको हो । सो कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, मलेसिया, इन्डोनेसियालगायत एसियाका विभिन्न देशका दुई सय भन्दा बढी संस्था तथा व्यक्तिहरूलाई विभिन्न अवार्डले सम्मान गरिएको छ ।

अगस्टको दोस्रो सातादेखि मनोनयन दर्ता गरेको उक्त अवार्डका लागि विभिन्न चरण पार गर्दै प्रिन्सिपल अधिकारीले उक्त अवार्ड जित्न सफल भएका हुन् । मूल्याङ्कनका क्रममा डकुमेन्ट प्रिजेन्टेसन, भर्चुअल प्रिजेन्टेसन, अन्तर्वार्ता आदिको माध्यमबाट विद्यालय र यसले सञ्चालन गरेका शैक्षिक गतिविधिहरूको बारेमा निर्णायक मण्डललाई समग्र जानकारी दिइएको थियो ।

यसै क्रममा ‘इडु नेसन टिभी’ले प्रिन्सिपल रमेश अधिकारीसँग लिएको अन्तर्वार्ता प्रत्यक्ष प्रसारण गरेको थियो । अन्तर्वार्ताकको क्रममा देशको शिक्षण सिकाइ र नेपालरभारत सीमा विवादका सम्बन्धमा आफ्नो स्पष्ट धारणा राखेको उनले बताए ।

उक्त अवार्डका लागि निर्णायक मण्डलका सदस्यहरूले विद्यालयबाट सञ्चालित अनलाइन कक्षा तथा अतिरिक्त क्रियाकलापका कार्यक्रमको अनलाइन अवलोकनसमेत गरेका थिए । सोही क्रममा विद्यालयले वर्तमान अवस्थामा साउथवेस्टन स्कुलले विकास गरेको विद्यार्थीे सिकाइ मूल्याङ्कन प्रणालीको बारेमा प्रशंसा भएको जानकारी अवार्ड विजेता प्रिन्सिपल रमेश अधिकारीले दिए ।

स्कुलले एकपछि अर्को अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेकोले स्कुल अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा दिन सफल रहेको पुष्टि भएको कुरा स्कुल सञ्चालन समितिका अध्यक्ष टीकाराम महराले बताए । स्कुलले गत वर्ष पनि दुबईको अमिट युनिभर्सिटीद्वारा आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय स्कुल अवार्ड अन्तर्गतको ‘एक्सिलेन्स टिचिङ अवार्ड’ प्राप्त गरेको थियो ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया