उपत्यकाका सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पताल बनाउने सरकारको निर्णय
- अशोज २६, २०७७
- 0
सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पताल बनाउने भएको छ ।
यसका लागि स्वास्थ्य सेवा विभागसँग भएका स्वास्थ्य सामग्री ती अस्पतालहरुमा वितरण गरी आवश्यक व्यवस्थापन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज नियमित प्रेस ब्रिफिङका क्रममा यस्तो जानकारी दिएका हुन । यसैगरी काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अन्य शल्यक्रियाहरु हालका लागि स्थगित गर्न निर्देशन दिएको पनि प्रवक्ता गौतमले बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







