डा. केसीको १९ औं अनशन तोडियो, अस्पतालका कार्यालय सहयोगीको हातबाट पिए जुस

news-details

चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि अनसनरत डा गोविन्द केसीले आइतबार बिहान १९ औं अनशन तोडेका छन ।

अस्पतालमा २७ वर्षदेखि कार्यरत कार्यालय सहयोगी विकास नेपालीको हातबाट जुस पिएर केसीले अनशन तोड्नुभएको हो । सरकारले शनिबार राति केसीसँग ८ बुँदे सहमति गरेको थियो ।

शिक्षण अस्पताल महारागन्जमा केसीले अनशन तोड्दा समर्थक र शुभेच्छुकको उपस्थिति रहेको थियो । जुम्लाबाट अनशन सुरु गर्नुभएका केसीको स्वास्थ्य समस्या भएपछि काठमाडौं ल्याइएको थियो ।

सहमतिपत्रमा डा केसीले आफैं र सरकारका तर्फबाट वार्ता टोली संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले हस्ताक्षर गरेका छन ।

– तस्वीरः शिव प‌ंगेनी

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया