आइतबार आकस्मिक र कोरोना बाहेकका सेवा बहिष्कार गर्ने चिकित्सक संघको घोषणा
- अशोज २४, २०७७
- 0
अनशनरत डा गोभिन्द केसीको माग पूरा गर्न दवाव दिँदै नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बहिस्कार गर्ने भएको छ ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९ औं आमरण अनसनमा बसेका डा। गोविन्द केसीका मागको समर्थन गर्दै देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा कोभिड १९ र आकस्मिक सेवा बाहेकका सबै सेवा बहिष्कार गर्ने संघले बताएको छ ।
संघको शनिबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको संघका महासचिव डा। बद्री रिजालले बताए ।
डा केसी आमरण अनसनमा बसेको आज २७ दिन पुगेको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







