उपत्यकामा २५४० सहित देशभर हालसम्मकै बढी ४३६४ मा कोरोना पुष्टि, थप २६७५ संक्रमणमुक्त, (पूर्ण विवरणसहित)

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा अहिलेसम्मकै बढी २५४० सहित देशभर थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ९८ हजार ६१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका २५४०, भक्तपुरका १३५ र ललितपुरका ३२० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो हप्ता मात्र उपत्यकामा सक्रिय संक्रमित १० हजार भन्दा बढी भएको भन्दै मन्त्रालयले सचेत रहने सबैलाई आग्रह गरेको छ ।

यस्तै आज २६७५ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ७१ हजार ३४३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५९० पुगेको पनि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया