प्रदेश नम्बर ५ को नाम ‘लुम्बिनी’ र स्थायी राजधानी दाङको ‘देउखुरी’ राख्ने प्रस्ताव दुई तिहाईले पारित
- अशोज २०, २०७७
- 0
प्रदेश नम्बर पाँचको नाम लुम्बिनी र स्थायी राजधानी ‘देउखुरी’ राख्ने प्रस्ताव दुई तिहाई मतले पारित भएको छ ।
प्रदेश सभामा आज भएको मतदानमा नामाकरण लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको थियो । प्रस्तावको विपक्षमा ४ मत परेको थियो ।
यस्तै यस्तै स्थायी राजधानी देउखुरी राख्ने प्रस्तावको ६९ मत परेको छ भने विपक्षमा १३ मत खसेको छ ।
कूल ८७ प्रदेश सभा सदस्यहरु मध्ये आज ८३ सदस्य उपस्थित थिए ।
प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँभीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेशसभामा पेश गरेको थियो ।
प्रदेश सरकारले स्थायी राजधानी र नामाकरणको विषयमा टुंगो लगाउने प्रस्तावहरु माथि आज भएको मतदानसँगै नाम र राजधानीको निधो भएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







